National life

उद्धारको काम सकिएपछि विमानस्थल नियमित सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
702Shares
उद्धारको काम सकिएपछि विमानस्थल नियमित सञ्चालनमा
ncell

काठमाडौँ । केही समयका लागि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। जहाज दुर्घटनामा उद्धारको काम सकिएपछि विमानस्थल नियमित सञ्चालनमा आएको हो ।

बुधवार बिहान ११ बजे सौर्य एयरको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । सो जहाजमा सवार १८ जनाको निधन भएको छ भने जहाजका चालक मनिषरत्न शाक्यलाई भने जीवित उद्धार गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल उनको अहिले केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । जहाज त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको थियो ।

प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन् ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?