काठमाडौं । विश्वप्रसिद्ध इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी २० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
“Cooking with Passion” नारासहित ल्याइएको यस अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र क्रिकेटको रोमाञ्चक उत्साहलाई एकैसाथ जोडेको छ। यस विशेष योजनाअन्तर्गत एलिकाका चिम्नी तथा किचन अप्लायन्स खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपालको आईसीसी टी–२० विश्वकप खेलको टिकट जित्ने अवसर प्राप्त गर्नेछन्।
साथै, भाग्यशाली विजेताले ४ रात र ५ दिनको पूर्ण मुम्बई भ्रमण प्याकेज पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले Elica [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरी 31003 नम्बरमा एसएमएस पठाउनुपर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सर्त तथा नियमहरू लागू हुनेछन्।
यस अभियान सम्बन्धी थप जानकारीका लागि नजिकको आधिकारिक एलिका शोरुममा सम्पर्क गर्न वा CG Electronics का आधिकारिक प्लेटफर्ममार्फत जानकारी लिन सकिनेछ।


































