National life

कजारियाको नयाँ शोरुम अब दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.4kShares
कजारियाको नयाँ शोरुम अब दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ
ncell

दाङ । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल विस्तार गर्ने क्रममा दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । हापुरे मार्बल प्रलिद्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट र डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

यस शोरुमको औपचारिक उद्घाटन आईतबार, वैशाख २७ गते बिहान ११ः०० बजे सम्पन्न भयो । सो उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू र हापुरे मार्बल प्रालिको टोलीको उपस्थिति थियो, जसले स्थानीय समुदायलाई नयाँ शोरुमको अवलोकन गर्न स्वागत गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ शोरुम ग्राहकहरूलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ । यहाँ कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा उपलब्ध छ । ग्राहकहरूले यहाँ विभिन्न टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्, जसले उनीहरूको घर वा परियोजनाका लागि उत्कृष्ट छनोट गर्न मद्दत पु¥याउनेछ ।

उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भन्नुभयो, “हामी हापुरे मार्बल प्रालिसँग सहकार्य गरी दाङका बासिन्दाहरूमाझ हाम्रा उत्पादनहरू ल्याउन पाएकोमा उत्साहित छौँ । ग्राहकहरूलाई उच्च गुणस्तरका सामग्रीहरू उपलब्ध गराउनु र उहाँहरूको सपनाको घर सजाउन आवश्यक सहयोग पु¥याउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”

यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र हापुरे तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई नयाँ कलेक्सनको अवलोकन गर्न हार्दिक आमन्त्रण गर्दछ ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा Superbrand २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा प्राप्त स्थान समावेश छन् गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद् (IGBC) को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ । यसैलाई निरन्तरता दिँदै कजारियाले हालै NS Quality Award २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०ह१२० से.मी., ६०ह६० से.मी., १९.५ह१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०ह४०से.मी.) तथा सेरामिक वाल टायल (३०ह६० से.मी., ३०ह४५ से.मी.) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?