National life
cg eloctronics

काठमाडौँमा ट्राफिक जाँच तीव्र, २४ घण्टामा नियम उल्लंघन गर्ने १५ सय २७ जना चालक कारबाहीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ कात्तिक २०८०, मङ्गलबार
1.4kShares
काठमाडौँमा ट्राफिक जाँच तीव्र, २४ घण्टामा नियम उल्लंघन गर्ने १५ सय २७ जना चालक कारबाहीमा
muktinatha bikash bank

काठमाडाैं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्ने चालकहरुविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ।

नियम उल्लङ्घन गर्दा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार यो अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सोमबार बिहानदेखि मंगलबार बिहान ६ः०० बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको उनले जानकारी दिए।

यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्ज बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने तीन सय २१ जना चालक कारबाहीमा परेका छन्।

प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको भट्टले जानकारी दिए।

प्रहरीले सडकमा नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ। रासस

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?