National life

काठमाडौंमा मिटरब्याज पीडितकाे प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
801Shares
काठमाडौंमा मिटरब्याज पीडितकाे प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग
ncell

काठमाडौं । मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन छन् । मंगलबार मिटरब्याज पीडितको एक समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेकाे हाे ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो । सो प्रदर्शनमा सहभागीले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ । तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो ।

मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको उनिहरूकाे भनाइ छ । यसमा गृहमन्त्रीको भूमिका रहेकाले भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको प्रदर्शनकारीले बताएका छन् ।

‘पहिलेको अध्यादेशमा धेरै कुरा ठीक थिए, तर राजनीतिक दलहरुको सेटिङमा अध्यादेश निष्क्रिय पारियो, पछि ४ बुँदामा संशोधन गर्दा कानुन साहु महाजनको पक्षमा गयो’ मिटरब्याज पीडित प्रदर्शनकारीले भने ।

आइतबार प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएकाे थियाे ।

यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?