National life
cg eloctronics

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा दोस्रो दिनमै मागभन्दा ६.५३ गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ फागुन २०८१, शुक्रबार
775Shares
क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा दोस्रो दिनमै मागभन्दा ६.५३ गुणा बढी आवेदन
muktinatha bikash bank

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा दोस्रो दिनसमम १ अर्ब २० करोड ५४ लाख ४५ हजार रुपैयाँ बरबरको आवेदन परेको छ।

कम्पनीको आइपीओमा ९ लाख ७३ हजार १८२ जना सर्वसाधारण आवेदकहरुले १ करोड २० लाख ५४ हजार ४५० कित्ताका लागि आवेदन दिएको सीडीएसले उल्लेख गरेको छ । यो आवेदन मागभन्दा ६.५३ गुणा बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

क्रेष्ट माइक्रोले सर्वसाधारणका लागि बिहीबार (फागुन २२ गते) देखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्येमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ।

everest bank

त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरिएको हो ।

यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?