National life

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
547Shares
गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे कारागार चलान
ncell

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।

मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै मनाङ पक्राउ परेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

मनाङेले यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?