National life

गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा एक युवक बेपत्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
647Shares
गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा एक युवक बेपत्ता
ncell

काठमाडौं । गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा एक युवक बेपत्ता भएका छन् । जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक बेपत्ता भएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले जनाएको छ ।

बाटो बिर्सिएर हराएको खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बिहान ५ बजेदेखि नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १९ जना, प्रहरी चौकी स्याफ्रुबाट ७ जना, नेपाली सेनाको विष्णु दल गण धुन्चेबाट लप्टनको नेतृत्वमा १५ जना खोजीका लागि परिचालन गरिएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

 

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?