National life

छानबिनको माग गर्दा प्रेस काउन्सिलले पत्र काटेको भन्दै इमानको आपत्ति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
602Shares
छानबिनको माग गर्दा प्रेस काउन्सिलले पत्र काटेको भन्दै इमानको आपत्ति
ncell

काठमाडौँ । आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान)ले सङ्घका उपाध्यक्ष समेत रहेका पत्रकार माधवप्रसाद तिवारीलाई सामाजिक सञ्जाल मार्फत गरेको प्रश्नका बारेमा प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टीकरणप्रति आपत्ति जनाएको छ ।

सोमवार महासचिव सुरज प्याकुरेलले विज्ञप्ति मार्फत इमानले प्रेस काउन्सिल नेपाल र सूचना विभागमा हुने काम निश्चित पैसा लिएर सम्बन्धित सञ्चालकको उपस्थितिविनै सबै गरिदिन्छु भनी लेखिएको सम्झना पौडेल र दीपक आचार्यको इमेलबाट आएको पत्रको स्क्रिन सट राखेर उपाध्यक्ष तिवारीले फेसबुकमा प्रश्न उठाएको विषयलाई लिएर काउन्सिलले जवाफ पेस गर्न भन्दै ३ दिनको समय सीमा नै तोकेर पत्राचार गरेकोप्रति गम्भीर आपत्ति जनाएको हो ।

'मालपोत र यातायात कार्यालयमा निश्चित पैसा लिएर काम गरिदिन्छु भन्दै सेवाग्राहीलाई हैरानी गर्ने बिचौलियाले जस्तै प्रेस काउन्सिलमा समेत काम गरिदिन्छु भन्दै खुलेआम रूपमा इमेल गर्न थालेपछि उठाइएको प्रश्न पछि यस विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा उल्टै जवाफ पेस गर्न भन्दै प्रश्न उठाउने व्यक्तिलाई पत्र काटिनु खेदजनक छ । यसले काउन्सिलकै कर्मचारी पदाधिकारीको संलग्नताको शङ्का जन्मिएको छ,' विज्ञप्तिमा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विज्ञप्तिमार्फत इमानले काउन्सिल जस्तो सम्मानित संस्थाकै अपमान हुने गरी खुलेआम बिचौलियाको संरक्षण गर्दै काटिएको उक्त पत्र फिर्ता लिन आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?