National life

जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ खर्ब माथि ,कसले कति आर्जन गरे?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
548Shares
जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ खर्ब माथि ,कसले कति आर्जन गरे?
ncell

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासमा १ खर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चैत मसान्तसम्म १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ५.११ प्रतिशतले बृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको यसै अवधिसम्म कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

यस त्रैमासको अवधिमा नेपाल लाइफ इन्सुरेन्सले चैत मसान्तसम्ममा २९ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै नेशनल लाइफ इन्सुरेन्सले यस अवधिसम्मा १२ अर्ब ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। एलआईसी नेपालले यस अवधिमा १२ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

यसका साथै हिमालयन लाइफले १२ अर्ब ३३ करोड ५ लाख रुपैयाँ, सुर्यज्योति लाइफले ६ अर्ब ५२ करोड, एशियन लाइफले ५ अर्ब ७८ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड, सिटिजन लाइफले ४ अर्ब २४ करोड, मेट लाइफले ४ अर्ब १३ करोड, आइएमई लाइफले ३ अर्ब २९ करोड, प्रभु महालक्ष्मीले ३ अर्ब ६ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

आर्थिक सुस्तताकोबीच ११ वटा कम्पनीको व्यवसाय बढ्यो

देशमा पछिल्लो समय देखिएको आर्थिक सुस्तताको कारण जीवन बीमा कम्पनीहरुले खासै ठुलो व्यवसाय वृद्धि गर्न नसकेता पनि अधिकांश कम्पनीले थोरै मात्रामा भए पनि व्यवसाय वृद्धि गर्न सफल भएका छन्।यस अवधिमा १४ मध्ये ११ वटा कम्पनीले मात्र व्यवसाय बढाउँन सफल भएका छन् भने ३ वटा कम्पनीको व्यवसाय खस्केको छ ।

गत आवको तुलनामा चालु आवमा सबैभन्दा बढी नेशनल लाइफको व्यवसाय वृद्धि भएको छ । नेशनल लाइफले चालु आवको यस अवधिसम्म १३.४१ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको छ । प्रभु महालक्ष्मी लाइफको ११.७४ प्रतिशत, एशियन लाइफको ११.५० प्रतिशत, आइएमई लाइफको १०.१९ प्रतिशत व्यवसाय बृद्धि भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको ८.८१ प्रतिशत, हिमालयन लाइफको ८.७३ प्रतिशत, नेपाल लाइफको ८.०४ प्रतिशत, मेट लाइफको ६.६२ प्रतिशत, सिटिजन लाइफको ५.६५ प्रतिशत, सुर्यज्योति लाइफको ५.१५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ५.०४ प्रतिशतले व्यवसाय बृद्धि भएको छ ।

त्यस्तै, तीन कम्पनीको व्यवसाय भने घटेको छ । सर्वाधिक सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय २२.९९ प्रतिशतले घटेको छ । त्यस्तै, दोस्रोमा सन नेपाल लाइफको ३.०१ प्रतिशत र एलआइसी नेपालको ०.८८ प्रतिशतले व्यवसाय घट्न पुगेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?