काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी मनाउन ठुलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका छन् । अत्यधिक भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ ।

































