National life

ठमेलबाट १५ जना बङ्गलादेशी नागरिकहरू पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१८ जेठ २०८३, सोमबार
714Shares
ठमेलबाट १५ जना बङ्गलादेशी नागरिकहरू पक्राउ
ncell

काठमाडौं – काठमाडौंको ठमेलबाट १५ जना बङ्गलादेशी नागरिकहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २५ वर्षीय एमडी मजिदुल इस्लाम रेडोय, २२ वर्षीय सफिउल इस्लाम, २२ वर्षीय अपन चन्दा साहा, २६ वर्षीय अब्दुल्लाह अल जोबाएर, २६ वर्षीय अबुल हस्नाई, २४ वर्षीय अल साहरियार, ३० वर्षीय फैसल, २५ वर्षीय आजाद हुसेन, १९ वर्षीय एमडी अजमैन, २० वर्षीय एमडी तामिम हसन सौरव, २० वर्षीय एमडी जकारिया जन्नत, २४ वर्षीय सकिल अनवर, २१ वर्षीय हरजोत बिलाल राफत, २५ वर्षीय ओमित हसन शेकात र ३० वर्षीय एमडी इमाम हसन स्वाधीन रहेका छन्।

भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरीत शङ्कास्पद रूपमा बसेको भन्ने गोप्य सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले पकनाजोल होटलको चौथो, पाँचौँ, छैटौँ तल्लाबाट पक्राउ गरेको छ। 

पकनाजोल होटलमा कोठाहरु भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरुको फेक फेसबुक अकाउन्ट बनाई बङ्गलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याक मेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको खुल्न आएको छ। 

उनीहरूलाई पक्राउ गरी अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?