National life

देशभरको आजको मौषम कस्तो रहला ? यी ठाउँमा हुदैछ सामान्य देखि मध्यम वर्षा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
687Shares
देशभरको आजको मौषम कस्तो रहला ? यी ठाउँमा हुदैछ सामान्य देखि मध्यम वर्षा 
ncell

काठमाडौँ । यति बेला काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्य देखि मध्यम वर्षा भएको छ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ।

हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू-भागमा मौसम आंशिक रूपमा बदली  भएको छ ।

त्यस्तै गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज दिउँसो कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौषम विभाग पूर्वानुमान शाखाले जनाएको छ।

कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?