National life

नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ असार २०८०, शनिबार
534Shares
नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु
ncell

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि पुस्तक प्रदर्शनी सुरु गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सुरु गरिएको पुस्तक प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका छ सयभन्दा बढी पुस्तक तथा पत्रिका राखिएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । प्रतिष्ठानको भानुभक्त कक्षमा सुरु प्रदर्शनीको शुभारम्भ कुलपति भूपाल राईले गरे ।

प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०८० जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रु तीनदेखि रु तीन हजार तीन सय ३५ सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा प्रतिष्ठानद्वारहालै प्रकाशन गरेका सम्पादक इन्द्रकुमार श्रेष्ठ सरितको ‘प्रज्ञा समकालीन संस्मरण’, वीरेन्द्रप्रसाद मिश्रको ‘केही हिन्दु आधारभूत दर्शन’ अङ्ग्रेजी संस्करण, प्रा डा भरतकुकमार भट्टराईको ‘नेपाली कवितामा मिथकको प्रयोग’, डा शैलेन्दुप्रकाश नेपालको ‘ध्वनि तात्त्विक समालोचना’, डा दुबिनन्द ढकालको ‘नेपालमा भाषा अभिलेखीकरण’ र धीरेन्द्र प्रेमर्षिको ‘कोन सुर सजावी ?’ नयाँ पुस्तक पनि राखिएको छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब छ सयभन्दा बढीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।

नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । प्रतिष्ठानबाट प्रकाशन सुरु भएदेखि २०८० साल जेठसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

प्रज्ञाले एक वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्दै आएको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुसमा , नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा असारमा पुस्तक प्रदर्शनी हुँदै आएको छ ।

प्रदर्शनीमा दैनिक तीनसयभन्दा बढी पाठक अवलोकनका लागि आउने तथा दैनिक रु २० हजारसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ । प्रदर्शनीको मुख्य उद्देश्य पठन संस्कृतिको विकास गर्नु रहेको जनाइएको छ ।रासस

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?