गोरखा। भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा शनिबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ बर्षका रामलाल कुमाल रहेको प्रहरीले जनाएको छ ।
भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशातर्फ जादै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।
बस चालक गोरखा नगरपालिका–९ का रेशम गुरुङ र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


































