National life

भूकम्पबाट सातवटा जिल्लाका घरमा क्षति, जाजरकोटमा ३६०० घर भत्किदा अन्य कहाँ कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
984Shares
भूकम्पबाट सातवटा जिल्लाका घरमा क्षति, जाजरकोटमा ३६०० घर भत्किदा अन्य कहाँ कति ?
ncell

काठमाडौँ । भूकम्पबाट सातवटा जिल्लाका घरमा क्षति भएको छ। शुक्रबार राति गएको भूकम्पबाट सातवटा जिल्लाका ३ हजार ७७० घरमा क्षति भएको हाे।

गृह मन्त्रालयका अनुसार ती मध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण क्षति भएका छन्।

सबैभन्दा बढी जाजरकोटमा २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ भने ९०५ घर पूर्णरुपमा ध्वस्त भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ। सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ।

यसैगरी, नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ भने दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको छ।

यसैगरी, बैतडीमा एउटा घर भत्किएको छ भने प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ।

त्यस्तै, भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएकाे गृह मन्त्रालय अन्तरगतको विपत पूर्वतयारी तथा प्रतिकार्य शाखाको तथ्यांकमा उल्लेख छ। हालसमम १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन्।

मृतक सबैभन्दा धेरै जाजरकोटका १०५ जना रहेका छन्। त्यहाँ ११२ जना घाइेत भएका छन्।

त्यसपछि रुकुम पश्चिचमा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन्। त्यस्तै, सल्यानमा २, रोल्पामा १, दैलेखमा ३ र जुम्लामा ३ जना घाइते भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
984SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?