काठमाण्डौं । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, सस्ंकरण ३, जेष्ठ २२ गते देखी जेष्ठ २४ गते सम्म सञ्चालन गर्ने भएको छ । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसर उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रुपमा रहेको छ ।
कुल ३१ खेलहरु हुने र १६० जना खेलाडीहरु रहने उक्त लिगमा ७ वाणिज्य बैंकहरु, ८ विकास बैंक तथा १ वित्त कम्पनीको सहभागिता रहने छ ।
उक्त लिगको उद्घाटन समारोह जेष्ठ २२ गते बिहान ७ ः०० बजे र समापन तथा पुरस्कार वितरण समारोह जेष्ठ २५ गते हुनेछ ।





























