National life

मारवाडी समुदाय लक्षित दुर्गा प्रसाईंको अभिव्यक्ति खेदजनक : विराटनगर महानगर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
535Shares
मारवाडी समुदाय लक्षित दुर्गा प्रसाईंको अभिव्यक्ति खेदजनक : विराटनगर महानगर
ncell

काठमाडौं । विराटनगर महानगरपालिकाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मारवाडी समुदायलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाले विज्ञप्ति जारी गर्दै मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस बनाएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण र समाजमा द्वेष फैलाउने गरी प्रसाईंले दिएको सार्वजनिक अभिव्यक्ति अत्यन्तै खेदजनक र भर्त्सनायोग्य रहेको बताएका छन् ।

नेपालमा सदियौंदेखि विभिन्न जातजाति बसोबास गर्दै आएको र एउटा जातिले अर्को जातिको धर्म, संस्कृति र परम्परालाई सम्मान गर्नु नेपाली समाजको विशेषता नै हो भन्दा अत्युक्ति नहुने विज्ञप्तिमा जनाइएको छ ।

देश विकासमा सबै जातिको भूमिका रहँदै आएको र त्यसैमध्येको मारवाडी समुदाय पनि एक भएको जनाइएको छ ।

Royal Enfield
nic asia capital

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको औद्योगिक र व्यावसायिक विकासमा मारवाडी समुदायको योगदान महत्वपूर्ण रहँदै आएको छ, औद्योगिक र व्यावसायिक लगानीमार्फत रोजगारी सिर्जनासँगै देशको अर्थतन्त्रलाई चलायमान बनाउनसमेत यो समुदायको योगदान अतुलनीय रहँदै आएको सर्वविदितै छ ।’

मारवाडी समुदायले आर्थिक क्षेत्रमा मात्रै नभएर सामाजिक र राजनीतिक क्षेत्रमा पनि योगदान दिँदै आएको प्रमुख कोइरालाको भनाइ छ ।

कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘देशको आर्थिक र सामाजिक क्षेत्रमा योगदान दिँदै आएको मारवाडी समुदायलाई लक्षित गरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईले दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु, प्रसाईंको अभिव्यक्तिले विराटनगरका मात्रै नभएर देशका विभिन्न ठाउँमा छरिएर बसोबास गर्ने समग्र मारवाडी समुदायमाथि आघात पुग्नुका साथै स्वाभिमान मात्रै नै प्रहार भएको मैले महसुस गरेको छु ।’

 

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?