National life

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|११ जेठ २०८३, सोमबार
1KShares
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु
ncell

मुस्ताङ – उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ। गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो।

आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ। उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण कार्यसम्पादन नेपाल सरकारले गत कात्तिक २९ गतेको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) र स्थानीय तहलाई हस्तान्तरण गर्ने योजनाअनुसार आन्तरिक राजस्व कार्यालय बाग्लुङले मुस्ताङमा पहिलो पटक लोमान्थाङ गाउँपालिकाबाट दर्तासम्बन्धी अख्तियारी हस्तान्तरण गरेको आन्तरिक राजस्व कार्यालय बाग्लुङका कर अधिकृत राजन गमालले जानकारी दिए।

यसअघि विभागको परिपत्रअनुसार आन्तरिक राजस्व कार्यालय बाग्लुङले पर्वतको पैँयु गाउँपालिका, बाग्लुङको गल्कोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकामा कर दर्ता सेवासम्बन्धी सेवा विस्तार गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कर अधिकृत गमालका अनुसार यसअघि व्यक्ति तथा व्यवसाय दर्ताका लागि आन्तरिक राजस्व कार्यालय बाग्लुङ धाउनुपर्ने अथवा जोमसोम जानुपर्ने अवस्था रहेकामा व्यवसाय दर्ता गर्ने सम्बन्धित व्यक्ति वा व्यवसायीहरूले गाउँपालिकाबाटै व्यवसाय दर्तासम्बन्धी सबै काम गर्न सकिने व्यवस्था मिलाइएको कर अधिकृत गमालको भनाइ छ।

मुस्ताङमा आन्तरिक राजस्व कार्यालयले यहाँका पाँच स्थानीय तहमध्ये उपल्लो मुस्ताङको लोमान्थाङबाट कर सेवा सञ्चालनमा ल्याएको हो। योसँगै आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा कर सेवा विस्तार गर्ने क्रममा लोमान्थाङ गाउँपालिको चौथो स्थानीय तह भएको आन्तरिक राजस्व कार्यालय बाग्लुङले जनाएको छ।

गाउँपालिकामा करदाता सेवा सञ्चालन भएसँगै स्थानीय उद्योगी र व्यवसायी करदातालाई कर दर्तासम्बन्धी सहज भएको छ। सरकारले कर भुक्तानी तथा कर चुक्ता प्रमाणपत्र लिने लगायतका व्यवस्था ‘अनलाइन’ प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था गरिसकेको छ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आन्तरिक राजस्व कार्यालयको कर सेवा हस्तान्तरण भएसँगै स्थानीय व्यवसायीहरूलाई निकै सहज भएको गाउँपालिका उपाध्यक्ष छ्युमी बिष्टले उल्लेख गरे। व्यवसाय दर्ताका लागि लामो यात्रा र महँगो खर्च गरेर जोमसोम र बाग्लुङ कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको र यसले व्यवसायको समय बचत भएको उपाध्यक्ष बिष्टको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?