National life

“मोखा” नामक चक्रवातले नेपालमा कस्तो प्रभाव पर्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ वैशाख २०८०, आइतबार
981Shares
“मोखा” नामक चक्रवातले नेपालमा कस्तो प्रभाव पर्ला ?
ncell

काठमाडौँ । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
981SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?