National life

मोटरसाइकल एक–आपसमा जुध्दा एक जनाको मृत्यु, तीन जना घाइते

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
768Shares
मोटरसाइकल एक–आपसमा जुध्दा एक जनाको मृत्यु, तीन जना घाइते
ncell

सुनसरी । ईटहरीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका-३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा घर भएका २६ वर्षीय दीपक मिरिङचिङ मगरको मृत्यु भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका को.२१ प ६४३१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका को.३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक र सवार अन्य १ जनाको इटहरी नितान्त क्लिनिकमा उपचार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
768SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?