National life

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर खरिद आवेदन बैशाख ३१ सम्म दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ वैशाख २०८३, बुधबार
969Shares
युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर खरिद आवेदन बैशाख ३१ सम्म दिन सकिने
ncell

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गर्दै बैशाख ३१ गतेसम्म तोकिएको छ । युनाइटेड अजोडले गत चैत २६ गतेदेखि हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीको हकप्रदमा चैत १६ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो । तर अब भने कम्पनीको हकप्रदमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले १००ः१० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । यसर्थ फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
969SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?