National life

विदेश जानेहरुको मात्रै भीड देखाएको भन्दै प्रधानमन्त्रीले गरे गुनासो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
540Shares
विदेश जानेहरुको मात्रै भीड देखाएको भन्दै प्रधानमन्त्रीले गरे गुनासो
ncell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा जानेहरुको विमानस्थलको भीड देखाएर अतिरञ्जित प्रचार गरिएको गुनासो गरेका छन् ।

सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एयरपोर्टको भीड देखाएर अतिरञ्जित गरिएको बताएका हुन् ।

‘एयरपोर्टमा भीड देखाउँछन् । जानेको कि आउनेको छुट्याउँदैनन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यो फर्किएको चाहिँ भन्दैनन् ।’ओलीले भने

रोजगारीका लागि विदेश गएकाहरु निश्चित अवधिपछि स्वदेश फर्किने बताउँदै उनले विदेश जानेहरुको मात्रै भीड देखाइएको गुनासो गरे ।

‘जे पनि अतिरञ्जित गर्ने । तीलको पहाड बनाइएको छ । तील पनि चाहिँदैन । तील पनि गफैमा उत्पादन गर्छ,’ उनले भने, ‘तिललाई ताड र ताडको पहाड बनाउँछ ।’

प्रधानमन्त्री ओलीले २०७८ सालको जनगणना अनुसार २ करोड ९२ लाख जति नेपालमा र २२ लाख मानिस बाहिर रहेको तथ्यांक सुनाए । उनले त्यहाँ पनि सामाजिक सुरक्षा प्रबन्ध लागू गर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?