National life
cg eloctronics

सपनाहरू टुटेका छैनन्,अठोट भाँचिने छैन, सबैले हातेमालो गर्दै नेपाली पर्यटन उठाउने सङ्कल्प गरौँः मौलाकाली केवलकार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
513Shares
सपनाहरू टुटेका छैनन्,अठोट भाँचिने छैन, सबैले हातेमालो गर्दै नेपाली पर्यटन उठाउने सङ्कल्प गरौँः मौलाकाली केवलकार
ncell

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनले मुलुकभर प्रभाव पारिरहेका बेला गैँडाकोटस्थित मौलाकाली केबलकार पनि तोडफोड र आगजनीको सिकार भएको छ। सार्वजनिक कम्पनीको रूपमा सञ्चालनमा रहेको केबलकारमा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ।

कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति र साहस प्राप्त होस् भनी समवेदना व्यक्त गरिएको छ। साथै आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गैँडाकोट र नवलपुरको पहिचान, पवित्र देवघाटको शिरमा रहेको मौलाकाली केबलकार धार्मिक र पर्यटकीय हिसाबले गण्डकी प्रदेशकै साझा गौरवको रूपमा चिनिँदै आएको छ। मौलाकाली केबलकार कुनै एक व्यक्तिको सम्पत्ति नभई हजारौँ स्थानीय सेयरधनीहरूको लगानी, मिहिनेत र समर्पणबाट बनेको सार्वजनिक सम्पत्ति हो।

पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार विस्तार र राष्ट्रिय राजस्व वृद्धिमा यस परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। प्रदर्शनको क्रममा गरिएको तोडफोड र आगजनीले केवल संरचना मात्र होइन, स्थानीय बासिन्दा, कर्मचारी, लगानीकर्ता र पर्यटनप्रेमीहरूलाई समेत गहिरो पीडा पुर्‍याएको छ।

क्षति न्यूनीकरण र आगो नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्ने सुरक्षाकर्मी, स्थानीय बासी तथा कर्मचारीहरूलाई कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ। यस्ता कठिन परिस्थितिमा देखिएको सहयोग र एकता प्रशंसनीय रहेको उल्लेख गरिएको छ।

सपनाहरू टुटेका छैनन्, अठोट भाँचिने छैन भन्ने भावनासहित कम्पनीले मौलाकाली केबलकार सेवा छिट्टै पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। गुणस्तरीय सेवा प्रदान गर्दै देशको पर्यटन पुनरुत्थानमा योगदान पुर्‍याउने अठोट कम्पनीले दोहोर्‍याएको छ।

स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षा गरिएको छ। साथै सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सम्बन्धित निकायहरूसँग सुरक्षात्मक समन्वय गर्न विशेष आग्रह गरिएको छ।सबैले हातेमालो गर्दै नेपाली पर्यटन उठाउने सङ्कल्प गर्न कम्पनीले सबैमा आह्वान गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?