काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






































