National life

सुनमा गिरावट जारी, चाँदीको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार मूल्य

सुनको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव मुख्य कारण रहेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
3.4kShares
सुनमा गिरावट जारी, चाँदीको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार मूल्य
ncell

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य उल्लेखनीय रूपमा घट्दै तीन लाख रुपैयाँभन्दा तल झरेको छ। आजको कारोबारमा प्रतितोला ९ सय रुपैयाँले घटेसँगै सुनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँमा कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन पनि सुनको मूल्यमा गिरावट आएको थियो। आइतबार मात्रै सुन प्रतितोला ८ हजार २ सय रुपैयाँले सस्तो हुँदै ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ निर्धारण गरिएको छ।

यसैबीच, चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदी प्रतितोला १० रुपैयाँले महँगिएर ४ हजार ९०५ रुपैयाँ पुगेको छ।

सुनको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव मुख्य कारण रहेको छ। विश्व बजारमा सुनको मूल्य ०.३८ प्रतिशतले घट्दै प्रतिऔंस ४ हजार ३१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको असर नेपाली बजारमा पनि देखिएको हो।

यो समाचार शेयर गर्नुहोस्
3.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?