National life
cg eloctronics

सरल मुल्यको स्मार्टफोन Redmi A7 नेपाली बजारमा, यस्ता छन् फिचर्स

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
1KShares
सरल मुल्यको स्मार्टफोन Redmi A7 नेपाली बजारमा, यस्ता छन् फिचर्स
ncell

काठमाडौँ। विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए—सेबेन (A7) सार्वजनिक गरेको छ । उत्कृष्ट र परिस्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा आएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रेड्मी ए—सेबेन (A7) मध्यम र हल्का वजनको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम र आकार १७१.७९ मिमी X ७७.८ मिमी X८.२६ मिमी रहेको छ। यसमा ६.८८ इन्चको ठूलो एलसिडी डिस्प्लेसँगै ४५० निट्सको ब्राइटनेस रहेको छ । यसले ‘डिसी डिमिङ’ प्रविधि सपोर्ट गर्दछ, जसले गर्दा लामो समयसम्म फोन चलाउँदा पनि आँखामा खासै असर पर्दैन (कमै मात्र पर्छ) ।

साथै, यसले १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्ने भएकाले डिभाइस निकै ‘स्मुथ’ तरिकाले चल्नेछ । ३ जीबी + ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको यो फोनमा RAM लाई ३जीबीबाट ६जीबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्स्टेन्सन’ सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

दैनिक रूपमा लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको रेड्मी ए—सेबेन (A7) मा ५२००mah क्षमताको ब्याट्री छ, जसले लामो समयसम्म टिक्ने क्षमता प्रदान गर्दछ । यसमा १५ वाटको इन्ट्री–लेभल फास्ट चार्जिङ प्रविधि जडान गरिएको छ, जसले फोन छिटो चार्ज गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यसका साथै प्रयोगकर्ताको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न यसमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् ।

त्यसैगरी, यसमा रहेको १३ एमपी मुख्य क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा भएकाले फराकिलो लेन्स एपेर्चर र कम उज्यालो भएको ठाउँमा पनि उत्कृष्ट तस्विर खिच्न सकिनेछ । यसको क्यामेरा मधुरो प्रकाशमा पनि उत्कृष्ट पोट्रेट र स्ट्यान्डबिना नै विभिन्न सटहरू खिच्नका लागि उपयुक्त मानिएको छ ।

यसमा ३.५ मिमीको हेडफोन ज्याक पनि उपलब्ध छ, जसले गीत वा पोडकास्ट सुन्दा यथार्थपरक अनुभव प्रदान गर्दछ । रेड्मी A7 को स्लिक र परिष्कृत डिजाइनले यसलाई थप स्तरीय र प्रिमियम लुक दिएको छ । यो फोन कालो, स्काइ ब्लु र अर्चिड पर्पल (हल्का चम्किलो वा वैजनी) रङहरूमा उपलब्ध छ ।

रेड्मी ए—सेबेनले आफ्ना ग्राहकहरूलाई दुई वर्षको वारेन्टी समेत प्रदान गरेको छ । बजारमा यो नयाँ स्मार्टफोनको मूल्य रु. १५,९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?