National life

सहकारीबाट ठगिएका बचतकर्तालाई प्रमाणसहित उपस्थित हुन सीआईबीकाे अनुरोध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
624Shares
सहकारीबाट ठगिएका बचतकर्तालाई प्रमाणसहित उपस्थित हुन सीआईबीकाे अनुरोध
ncell

काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएका बचतकर्तालाई प्रमाणसहित उपस्थित हुन अनुरोध गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यस सहकारी संस्थाबाट ठगिएका बचतकर्तालाई प्रमाणसहित उपस्थित हुन अनुरोध गरेको हाे ।

बचतकर्तालाई ठगेपछि सहकारीका अध्यक्षसहितका पदाधिकारी उपर मुद्दा दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भईरहेको छ ।

काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेको निक्षेप रकम हिनामिना भई ठगी गरेको भन्दै यस्तो कार्यमा संलग्न व्यक्तिहरु उपर प्रमाणसहित ब्यूरोमा यथाशिघ्र रितपुर्वकको जाहेरी दिन अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, सहकारीले ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला भित्रका सहकारीका सेवा केन्द्रहरुका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी रकम फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त पेश गरेको जनाएको छ ।

जाहेरि दिन व्यूरोको ०१-४५११७७६ नम्बर फोनमा सम्पर्क गर्न समेत ब्यूरोले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?