National life

'सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढ्यो'

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
840Shares
'सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढ्यो'
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको जनाएका छन् । शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउका हुन् ।

उनले अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेकाले सहमति अनुसार नै आयोग गठन प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् । उनले आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको बताए ।

त्यस्तै प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको बताए । उनले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्ने बिषय प्रतिनिधि सभालाई जानकारी गराउँदै भ्रमण टोली सानो बनाइएको बताए ।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन् ।

यो समाचार शेयर गर्नुहोस्
840SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?