National life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा माघ ६ गते

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१४ पुस २०८२, सोमबार
501Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा माघ ६ गते
ncell

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ६ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको बत्तीसौं साधारण सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे शुरू हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते बूक क्लोज गर्ने निर्णय गरेको छ। पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?