National life

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडक खण्डको यातायात सेवा प्रभावित भएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|०५ असोज २०८३, सोमबार
276Shares
बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित
ncell

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडक खण्डको यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडक खण्डमा एकतर्फी तथा समय तोकेर सवारी सञ्चालन भइरहेको जनाएको छ।

प्रहरीका अनुसार कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान १०ः३० बजे गएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खण्डमा हालसम्म यातायात सञ्चालनमा आउन सकेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बागमती प्रदेशका विभिन्न जिल्लामा समेत बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रेमा पर्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै असोज १६ गतेदेखि विशेष व्यवस्था लागू गरिएको छ। उक्त व्यवस्थाअनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडकमा सवारी सञ्चालन बन्द गरिएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको अवस्था हेरेर १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।

रसुवा जिल्लाका मुख्य राजमार्गहरू पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण असोज १ गते राति १० बजेदेखि टोखा–छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटकै पासाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका–१० को सिमटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खण्डमा समेत यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ।

यता, धादिङ हुँदै जाने पृथ्वी राजमार्गमा भने पहिरो हटाएर यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाडखोलामा भदौ १६ गते तथा शीतलबजारमा भदौ २६ गते गएको पहिरो हटाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

अवरुद्ध सडक खण्डहरूमा यातायात सञ्चालन सहज बनाउन सडक विभाग तथा नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। बाढी तथा पहिरोका कारण अवरुद्ध सडकहरू खुलाउन र जोखिमयुक्त सडक खण्डमा यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायले निरन्तर काम गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
276SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?