National life

प्रहरीको बिदा रोकियो, न्यूनतम बल प्रयोग गर्न प्रधान कार्यालयको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
906Shares
प्रहरीको बिदा रोकियो, न्यूनतम बल प्रयोग गर्न प्रधान कार्यालयको निर्देशन
ncell

काठमाडौं - तराईका जिल्लामा भइरहेको प्रदर्शनमा न्यूनतम बल प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। सकेसम्म सम्झाइबुझाइ गर्ने र बल प्रयोग गर्नुपरे पनि न्यूनतम मात्र प्रयोग गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। सामाजिक सद्भावका लागि अधिकतम प्रयास गर्न पनि प्रहरीलाई निर्देशन दिइएको छ ।

शान्तिसुरक्षाको अवस्था बिग्रिएपछि देशभरिका प्रहरीको बिदा रोकिएको छ । अत्यावश्यकबाहेक बिदा रोकिएको प्रवक्ता काफ्लेले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, केही जिल्लामा नजिकका कार्यालयहरूबाट थप प्रहरी पनि खटाउन थालिएको छ।

आइतबार राति सुनसरीबाट सुरु भएको साम्प्रदायिक हिंसाका घटना अन्य जिल्लामा पनि फैलँदै गएपछि प्रहरीले उच्च सतर्कता अपनाइएको छ। प्रहरीले सबैलाई सद्भाव कायम राख्न भनेको छ।

यो समाचार शेयर गर्नुहोस्
906SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?