National life

राष्ट्रिय सुरक्षा र कूटनीतिकमा असर पार्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
1.2kShares
राष्ट्रिय सुरक्षा र कूटनीतिकमा असर पार्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
ncell

काठमाडौँ- सूचना तथा सञ्चार मन्त्रालयले मुलुकको सुरक्षा, शान्ति तथा व्यवस्था र मित्रराष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका फिल्मलाई प्रदर्शन अनुमति नदिन फिल्म विकास बोर्डलाई निर्देशन दिएको छ।

मन्त्रालयले यही असार २६ गते फिल्म विकास बोर्डलाई पत्राचार गर्दै फिल्म (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) अनुसार यस्ता विषयवस्तु भएका फिल्मलाई फिल्म जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो।

निर्देशनमा नेपालभित्र सार्वजनिक प्रदर्शन हुने सबै फिल्मले अनिवार्य रूपमा फिल्म जाँच समितिबाट प्रचलित ऐन तथा नियमावलीबमोजिम जाँचपास गराउनुपर्ने छ।

मन्त्रालयले फिल्म निर्माता, वितरक तथा सरोकार भएका अन्यले ऐनको उक्त प्रावधानको पूर्ण पालना गर्नुपर्ने भन्दै जाँचका क्रममा ऐनविपरीतका विषयवस्तु समावेश भएका फिल्म प्राप्त भएमा प्रदर्शन अनुमति दिन नसकिने जनाएको छ।

उक्त व्यवस्था सबै निर्माता, वितरक तथा सम्बन्धित पक्षलाई जानकारी गराई आवश्यक समन्वय गर्न फिल्म विकास बोर्डलाई अनुरोध गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?