काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकाको उपचार र पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।
कम्पनीले बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको हो।
न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै उपचार र थेरापी प्रदान गर्न सके उनीहरूको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। साथै, आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका परिवारलाई यस सहयोगले राहत मिल्ने अपेक्षा गरिएको छ।
बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनस्र्थापना सेवा प्रदान गर्दै आएको छ। कम्पनीले यस सहयोगमार्फत सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।































