National life
cg eloctronics

समृद्धिका लागि सहकार्य आवश्यक, उद्योग पुनः सञ्चालनमा पहल : रास्वपा महामन्त्री बुर्लाकोटी

राजनीति सुध्रिए मात्र विकास सम्भव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ महिना अगाडि|२४ जेठ २०८३, आइतबार
1KShares
समृद्धिका लागि सहकार्य आवश्यक, उद्योग पुनः सञ्चालनमा पहल : रास्वपा महामन्त्री बुर्लाकोटी
muktinatha bikash bank

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताउनुभएको छ । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

“रास्वपालाई जनताले दिएको मत अरू पार्टीसँग पङ्गा खेल्न होइन”, महामन्त्री बुर्लाकोटीले भन्नुभयो, “सबै मिलेर काम गर्‍यौँ भने मात्र राम्रो नतिजा ल्याउन सकिन्छ ।” उहाँले  गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक–पटक छलफल गरेको बताउनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

“गोरखकाली रबर उद्योगमा निजी क्षेत्रले लगानी गरेर अघि बढ्न सक्ने सम्भावना प्रबल छ”, उहाँले भन्नुभयो, “सरकारले चलाए पनि, सरकार र निजी क्षेत्र मिलेर चलाए पनि, उद्योग चल्नुपर्छ, सबै गाडीमा गोरखकाली रबर उद्योगको टायर हालेर गाडी गुडेको देख्न पाउनुपर्छ ।”

त्यस्तै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न आगामी आर्थिक वर्षका लागि केही बजेट विनियोजन भएको र आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण गठन गरेर ठोस निर्णय गरी निर्माण अघि बढाउने महामन्त्री बुर्लाकोटीले बताउनुभयो । राजनीति ठिक भएमात्र सबै क्षेत्र राम्रो हुने भन्दै त्यसका लागि सुधार गर्ने प्रयास सरकारले गरिरहेको उहाँको भनाइ छ ।

everest bank

महामन्त्री बुर्लाकोटीले बाहिरबाट आउने ‘रेमिट्यान्स’ ले मात्र देशले आर्थिक समृद्धि हासिल हुन नसक्ने भएकाले देशभित्र उद्योग धन्दा खोल्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्नुभयो । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट विकास, निर्माण र आर्थिक संवृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको उहाँको भनाइ छ । रासस

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?