National life

कृष्णभिर नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|०८ असोज २०८३, बिहिबार
364Shares
कृष्णभिर नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी
ncell

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

धादिङ प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार बिहान कृष्णभिरभन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सडकको एकतर्फी लेनबाट मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्।

यसैगरी बेनीघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ।

Royal Enfield
nic asia capital
उक्त क्षेत्रमा अझै वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको जनाइएको छ।

यसअघि भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो।

कृष्णभिरमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो। तर, पछिल्लो पहिरोका कारण सोही क्षेत्रमा पुनः सडक प्रभावित भएको हो।

यो समाचार शेयर गर्नुहोस्
364SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?