National life
cg eloctronics

प्रेमिकालाई आइफोन उपहार दिन मोबाइल चोरी गर्ने युवक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.4kShares
प्रेमिकालाई आइफोन उपहार दिन मोबाइल चोरी गर्ने युवक पक्राउ
muktinatha bikash bank

काठमाडौं: प्रेमिकालाई महँगो आइफोन उपहार दिने चाहनाले एक युवकलाई प्रहरीको हिरासतसम्म पुर्याएको छ। भारतको ग्वालियरस्थित महाराज बाडाको टोपी बजारमा रहेको एमएस मोबाइल सेन्टरबाट आइफोन चोरी गरेको आरोपमा राहुल यादव पक्राउ परेका छन्।

घटना आइतबार दिउँसोको हो। पसलमा ग्राहक बनेर पुगेका यादवले पसलेसँग सिल्भर रङको आइफोन देखाउन आग्रह गरेका थिए। पसलेले फोन देखाउँदा अर्का एक ग्राहक पसलमा आएपछि पसले उनीसँग व्यस्त भए। पसले व्यस्त भएको मौका छोपी यादवले काउन्टरबाट आइफोन उठाएर भागेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

केही समयपछि काउन्टरमा फोन नदेखेपछि पसले चिच्याउँदै चोरको पछि दौडिएका थिए। पसलेको आवाज सुनेपछि स्थानीय मानिसहरूले यादवलाई पछ्याएर केही दूरीमै नियन्त्रणमा लिएका थिए। खानतलासी गर्दा उनको साथबाट चोरी गरिएको आइफोन फेला परेको थियो।

everest bank

स्थानीय भिडले उनलाई कुटपिट गरेपछि प्रहरीलाई जिम्मा लगाएको थियो। खबर पाएलगत्तै कोतवाली थाना प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले उनलाई भिडबाट छुटाएर कार्यालय लगेको छ। प्रहरीको सोधपुछका क्रममा यादवले प्रेमिकालाई खुसी पार्न आइफोन उपहार दिन चाहेको र आफूसँग पैसा नभएपछि चोरीको बाटो रोजेको स्वीकार गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?