National life

कमिसन हटाएर सब्स्क्रिप्सनमा गयो पठाओ, राइडरलाई यस्तो फाइदा

पठाओको ८औँ वार्षिकोत्सवमा ठूलो घोषणा, कमिसन प्रणाली नै परिवर्तन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०७ असोज २०८३, बुधबार
352Shares
कमिसन हटाएर सब्स्क्रिप्सनमा गयो पठाओ, राइडरलाई यस्तो फाइदा
ncell

काठमाडौं । पठाओले राइडर तथा क्याप्टेनलाई लक्षित गर्दै कमिसन प्रणाली नै परिवर्तन गरेको छ। अब प्रत्येक राइडको आम्दानीबाट प्रतिशतका आधारमा कमिसन तिर्नुपर्ने छैन, बरु निश्चित शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक सब्स्क्रिप्सन लिन सकिनेछ।

कम्पनीले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा नयाँ व्यवस्था घोषणा गरेको हो। अब प्रत्येक राइडको आम्दानीबाट निश्चित प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था हटाएर राइडर तथा क्याप्टेनले निश्चित अवधिका लागि तोकिएको सब्स्क्रिप्सन शुल्क तिरेर सेवा सञ्चालन गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ व्यवस्थाअनुसार कारका लागि २४ घण्टाको सब्स्क्रिप्सन शुल्क १४९ रुपैयाँ तोकिएको छ। त्यस्तै, सात दिनका लागि ६९९ रुपैयाँ र ३० दिनका लागि २ हजार २९९ रुपैयाँ शुल्क लाग्नेछ।

मोटरसाइकलतर्फ भने २४ घण्टाका लागि ४९ रुपैयाँ, सात दिनका लागि २९९ रुपैयाँ र ३० दिनका लागि ९९९ रुपैयाँ सब्स्क्रिप्सन शुल्क निर्धारण गरिएको छ। राइडर तथा क्याप्टेनले पठाओ ड्राइभ एपमार्फत आफूलाई आवश्यक अवधि छनोट गरी प्याकेज खरिद गर्न सक्नेछन्।

सब्स्क्रिप्सनमा आधारित मोडल लागू भए पनि ग्राहकले तिर्ने भाडामा लाग्दै आएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत अग्रिम कर कट्टी (टीडीएस) भने यथावत् रहने कम्पनीले जनाएको छ।

यी कर सब्स्क्रिप्सन शुल्कमा समावेश नहुने र करसम्बन्धी दायित्व चालक स्वयंले बेहोर्नुपर्ने पठाओले स्पष्ट पारेको छ।

यसैबीच, राइडरहरूले लामो समयदेखि उठाउँदै आएको प्रतिकिलोमिटर २५ रुपैयाँ भाडादरको मागप्रति आफ्नो सकारात्मक धारणा रहेको कम्पनीले जनाएको छ।

पठाओले राइड शेयरिङ क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न सबै राइड शेयरिङ प्लेटफर्ममा समान भाडादर लागू हुनेगरी आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
352SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?