National life
cg eloctronics

पाथीभरा मन्दिरमा एक महिनामा झन्डै ५० लाख भेटी सङ्कलन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ दिन अगाडि|०२ मंसिर २०८३, बुधबार
1.4kShares
पाथीभरा मन्दिरमा एक महिनामा झन्डै ५० लाख भेटी सङ्कलन
muktinatha bikash bank

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्र ४९ लाख ८७ हजार २ सय रुपियाँ भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा उक्त रकम सङ्कलन भएको हो।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले चढाएको भेटी रकम नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी लाहा छाप लगाएर फेदीमा ल्याउने गरिन्छ। फेदीमा एक सातासम्म राखिएको भेटी फुङलिङस्थित कार्यालयमा ल्याएर प्रहरी र सिसिटिभीको निगरानीमा गणना गरी बैँकमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कात्तिक महिनामा मात्र ६४ हजार १ सय ६ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। गत शनिबार एकै दिन ११ हजार २ सय ७२ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए, जुन यस वर्षकै सबैभन्दा बढी हो। यसअघि कात्तिकको तेस्रो साताको मङ्गलबार १० हजार ६ सय १६ जनाले दर्शन गरेका थिए।

समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिर धार्मिक आस्थाका साथै पदयात्रा र प्राकृतिक सौन्दर्यका लागि समेत चर्चित छ। यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। चाडपर्व र बिदाको समयमा नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङ र आसामबाट समेत ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्। पछिल्लो समय धार्मिक दर्शनसँगै पदयात्रामा रुचि राख्ने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?