National life

इसेवा महा-उत्सव बम्पर उपहार विजेता घोषणाः रविले जिते नामी कार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
734Shares
इसेवा महा-उत्सव बम्पर उपहार विजेता घोषणाः रविले जिते नामी कार
ncell

काठमाडौं । इसेवाले यसै वर्ष दशैंलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको इसेवा महा-उत्सवको बम्पर उपहारका विजेताको नाम घोषणा गरेको छ ।

सोमबार फेसबुक मार्फत लाइभ लक्की ड्रमा मकवानपुर निवासी रवि बम्जनले नामी इलेक्ट्रिक कार जित्न सफल भएका छन्। ललितपुरको पुल्चोकस्थित एलिस कन्फ्रेन्समा आयोजित एक औपचारिक कार्यक्रमबीच बम्पर उपहार विजेता घोषणा गरिएको हो ।

इसेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रिएटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत इसेवा महा-उत्सवको बम्पर उपहार विजेता छनोट गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा राष्ट्रिय खेलाडीहरु र कलाकारहरु पनि उस्थित थिए । २०८१ साल असोज १ देखि कात्तिक ३० गतेसम्म चलेको इसेवा महा-उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

महा-उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरु साथै बम्परमा नामी इलेक्ट्रिक कार जित्ने मौका पनि थियो ।

इसेवा महा-उत्सवका अधिकांश विजेताहरूको नाम सोमबार नै इसेवाको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको छ । यस क्रममा सरोज कुमार पाण्डे र अविन गुरूअचार्यले भने १०० रुपैयाँको खेलमा आईफोन १६ जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ हात पारेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?