National life

कोशी प्रदेश विस्तार : ५ मन्त्री र दुई राज्यमन्त्री थपिए

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ जेठ २०८१, शुक्रबार
780Shares
कोशी प्रदेश विस्तार : ५ मन्त्री र दुई राज्यमन्त्री थपिए
ncell

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् ।

२७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री थपेर कार्यविभाजन समेत गरिएको छ ।

विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की, सामाजिक विकास मन्त्रालय पाँचकर्ण राई,उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँ रपर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जामगर रहने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुई राज्यमन्त्री सिर्जना राई मुख्यमन्त्री कार्यालय र वन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । जसमध्ये उप्रेती, राजेन्द्र कार्की, बुर्जामगर र झाँगड माओवादी हुन् ।

यो समाचार शेयर गर्नुहोस्
780SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?