काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन आज नेपाल प्रहरी क्लबको सगरमाथा हल, भृकुटीमण्डपमा सम्पन्न भएको छ ।
https://aarthikvoice.com/archives/70271
उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरुको उपस्थितीमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो ।
उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफूले छोटो भ्रमण गरि हेर्दा एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको पाएको बताउँनु भयो।
नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै मन्त्री पौडेलले सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। “गुणस्तरीय सडक पुर्वाधार विना यो अटो मोबाइल क्षेत्रमा जस्तो सुकै प्रदर्शनी गरेपनि त्यसको सहि सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पुर्वाधारलाई महत्व दिएको छ।,” उहाँले भन्नुभयो ।

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्वमाथि प्रकाश पार्नुभयो।
अध्यक्ष वैद्यले भन्नुभयो, “हामी नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोेटिभ प्रदर्शनीको उद्घाटन गर्न भेला भएका छौं र यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौं ।” मन्तव्यको क्रममा उहाँले थप्नुभयो, “मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पु¥याउँछ। हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ।”
त्यस्तै एक्स्पो समितिका अध्यक्ष मुरारकाले भन्नुभयो, हामीले सुरु गरेको एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रदर्शनी यो सफा, स्मार्ट र समावेशी यातायात प्रणाली तर्पmको सामुहिक प्रतिवद्घताको सुरुवात हो । यो कार्यक्रम नेपालको मोविलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान हो । आजबाट सुरु भएको ५ दिने एक्स्पो सफल बनाउन हामी तपाईहरुको निरन्तर साथ, सहयोग, र सहकार्यको अपेक्षा गर्दछौँ ।”
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ । पहिलो दिनै १५,००० अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको प्रदर्शनी बिहान ११ बजे देखि बेलुका ८ बजे सम्म खुल्ला रहनेछ ।





























