National life

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
1.3kShares
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
ncell

मकवानपुर । पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध भएकाे छ । काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको हाे ।

मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै पहिरो गएको छ । हेटौँडाबाट काठमाडौँका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई रोकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरीले जनाएकाे छ ।

साे पहिराे भने मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरिरहेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?