National life

पूर्वीनाकाबाट मात्रै ६ अर्ब बढीको तरकारी र फलफूल आयात

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
569Shares
पूर्वीनाकाबाट मात्रै ६ अर्ब बढीको तरकारी र फलफूल आयात
ncell

झापा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्य बराबरको फलफूल आयात भएको हो ।

स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र फलफूल नै भारतबाट आयात भएको पाइएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७९/८० मा पूर्वी नाका हुँदै ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिकटन प्याज, ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार ९८८ मेट्रिकटन करेला भारतबाट आयात भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन् । यसैगरी, सोही अवधिमा काँकडभिट्टाबाट ६८ करोड ५८ लाख मूल्य बराबरको छ सय ७१ मेट्रिकटन स्याउ र ६२ करोड १२ लाख ४० हजार मूल्य बराबरको १५ हजार पाँच सय ३१ मेट्रिकटन भूइँकटहर नेपालले आयात गरेको छ ।

भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भूइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन् । कार्यालयका सूचना अधिकारी ठाकुरका अनुसार विगत एक वर्षमा भारतबाट ३७ करोड चार लाख ६४ हजार मूल्य बराबरको सात हजार सात सय १८ मेट्रिकटन सुन्तला र १९ करोड ५६ लाख २४ हजार मूल्य बराबरको पाँच सय ५२ मेट्रिक टन काँचो नरिवल आयात भएको थियो ।

एक वर्षमा पूर्वी नाकाबाट १९ करोड ६६ लाख आठ हजार मूल्यको तीन हजार ७२ मेट्रिकटन अङ्गुर र २६ करोड ५२ लाख ४८ हजार मूल्य बराबरको दुई हजार सात सय ६३ मेट्रिकटन अनार आयात भएको थियो । पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा किबी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती हुन थाले पनि भारतबाट आउने ती फलफूलको आयात रोकिन सकेको छैन । रासस

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?