काठमाडौँ । काठमाडौँको एक सहकारीबाट शुक्रबार राति चोरी भएको छ । शंखरापुर नगरपालिका(६ महादेवस्थानस्थित बज्रशिल सहकारी संस्थाको मूल ढोकाको ताल्चा फुटाई नगद करिब २ लाख ५० हजार रुपैयाँ गएराति चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


































