काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले Kathmandu Institute of Child Health लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
सो एनजीओले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुल्क लिने , गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने रहेको जानकारी दिएको छ ।
एक समारोहका बीच बैंकले एक लाख एकाउन्न हजार रुपैयाँ बराबरकोे चेक डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


































