National life

हकप्रद सेयर निष्कासन गर्दै नेको इन्सोरेन्स, कहाँ र कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० माघ २०८१, आइतबार
600Shares
हकप्रद सेयर निष्कासन गर्दै नेको इन्सोरेन्स, कहाँ र कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौं। नेको इन्सोरेन्स कम्पनी लिमिटेडले आगामी फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ बराबरको १ः०.२५ अनुपातमा रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गर्न लागेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन दिन इच्छुक लगानीकर्ताले नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय ,सानिमा क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था बाट दिन सक्ने छन् ।

कम्पनीले न्यूनतम पुँजी कायम गर्न र कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुर्‍याउन हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ । हकप्रदमा आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको छ। हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?