National life

युनाइटेड अजोड इन्स्योरेन्सकाे नाफा ४४.६९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १० रुपैयाँ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
671Shares
युनाइटेड अजोड इन्स्योरेन्सकाे नाफा ४४.६९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १० रुपैयाँ
ncell

काठमाडाैं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा पनि कम्पनीले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ४४.६९ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको खुद बीमाशुल्क भने १७.६३ प्रतिशतले घटेर ६१ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ७५ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १९ करोड २६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ८ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

दुई कम्पनी मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४५ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ६० करोड ९७ लाख रुपैयाँ, बीमा कोषमा ७४ करोड ७२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड १९ लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६१ पैसा रहेकाे छ । प्रति शेयर नेटवर्थ १७२ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ४८.९१ गुणा बढी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?