National life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्याे ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
655Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्याे ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण
ncell

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण गरेको छ । कम्पनीले ट्राफिक प्रहरीलाई ४० थान स्मार्ट फोन हस्तान्तरण गरेको हाे ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाण्डौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको व्यावसायिक क्षमतामा अभिवृद्दि होस् भन्ने उदद्देश्यका साथ स्मार्ट फोन उपलब्ध गराएको हो ।

कम्पनीले आज ट्राफिक प्रहरी कार्यलय रामशाह पथ काठमाण्डौंमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय वहादुर शाहले प्रहरी नायव महानिरिक्षक पोष राज पोखरेललाई उक्त मोवाइल सेटहरु हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट काठमाण्डौं उपत्यका भित्र वढ्दो सवारी साधनहरु विशेषगरी मोटरसाइकल चोरीका घटना नियन्त्रणमा सो टेलिफोन सेटहरुले सहयोग पुर्याउने विश्वाश लिदैँ कम्पनीले आगामी दिनहरुमा पनि ट्राफिक प्रहरीलाई सहयोग पुरयाउने प्रतिवद्दता व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक पोष राज पोखरेलले कम्पनी प्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त मोवाइल सेटहरुले ट्राफिक प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वाश व्यक्त गर्दै आगामी दिनहरुमा पनि कम्पनी र ट्राफिक प्रहरीबीचको सहकार्यले निरन्तरता पाउने अपेक्षा रहेको बताएका छन् ।

कार्यक्रममा कम्पनीका वरिष्ठ कर्मचारीहरु, प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्ट लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?