काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयरधनी पृथ्वी बहादुर पाण्डेको नाममा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीका अनुसार उक्त शेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्री गरिने छ । सो शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रकम समेत खुलाई कम्पनीको कार्यालय थापागाँउमा खरिद आवेदन पेश गर्न कम्पनीले आग्रह गरेकाे छ ।


































